प्रदेश

नव प्रभात सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारण सभा सकियो, ७ औं अधिवेशन चल्दै




कपिलवस्तु, ०८ असोज ।
कपिलवस्तुको बाणगंगा वडा न. ८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समुहले १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतवार वनको प्राङ्गगणमा १३ औं बार्षिक साधारण सभा तथा ७ औं अधिवेशन भएको हो । वनको ७ औं अधिवेशन सुचारु भएको छ । वनका पदाधिकारीका लागि आकंक्षी धेरै भएपछि निर्वाचन हुन सक्ने संकेत देखिएको उपभोक्ताको भनाई छ । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा आधारित कार्ययोजना तयार गरी प्रस्तुत गरिएको थिायो ।


कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका उप-प्रमुख रिता कुमारी चौधरीले समुदायिक वनहरुमा भएका क्रियाकलापहरुमा शुसासन कायम गर्नुपर्ने बताउनु भयो । जुनसुकै कार्यक्रमहरु गर्दा साधारण सभाले पारित गरेको कार्यक्रम भन्दा अन्य कार्यक्रमहरु संचालन गर्न नहुने उहाँले बताउनु भयो । उप-मेयर चौधरीले आम उपभोक्ताको चासो वन व्यवस्थापन र संरक्षण हुनुपर्नेमा जोड दिनु भएको थियो । वन व्यवस्थापन र संरक्षण गर्न सक्ने हो भने उपभोक्ताहरुलाई रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनु भयो ।


कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदिले वनको व्यावस्थापन, गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । यस्तै उहाँले सामुदायिक वनहरुले बाटोघाटोको काम मात्रै नगरेर लक्षित वर्गका लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । वन उहाँले विगतमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुदैं आएको बताउनु भयो । नमूना मापनको आधारमा वनश्रोत सर्वेक्षण गरी मौज्दात आँकलन गरि वार्षिक स्वीकार्य कटानमा आधारित वन व्यवस्थापन गरिदै आएको उहाँको भनाई छ ।


कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले वन व्यवस्थापनका लागि वैज्ञानिक रणनिति अवलम्बन गर्नुपर्ने बताउनु भयो । सेनले दिगो वन व्यवस्थापनको जानकारी दिदैँ भन्नु भयो “वनले प्रदान गर्ने वस्तु (काठ दाउरा जडिबुटी आदि) तथा सेवा (जैविक विविधता कार्वन शोषण, हरियाली, पानी रिचार्ज गर्ने, खाद्य तत्व साइकल गर्ने आदि) को निरन्तरता वा अभिवृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन हो ।” ‘दिगो वन व्यवस्थापन एक अवधारणा हो ।’ उहाले भन्नुभयो यो अभियाननै भएकाले वैज्ञानिक रणनिति अवलम्बन गर्नुपर्ने हुन्छ ।


कार्यक्रमका अध्यक्ष रेग्मीले ०८०/०८१ को प्रस्तावित अनुमानित निती तथा कार्यक्रम आफ्नो भनाई सहित प्रस्तुत गर्नु भएको थियो । साथै उहाँले वन व्यवस्थापन संरक्षण र सदुपयोग व्यवस्थित तरिकाले गर्न सकियो भने आम उपभोक्ताहरुमा रोजागरको सृजना हुने र बिकास निर्माणमा समेत सहयोग पुग्ने बताउनु भयो ।
बार्षिक प्रगती प्रतिवेदन समूहका सचिव सारदा ढकाल थापाले प्रस्तुत गर्नु भएको थियो । यस्तै आर्थिक वर्ष ०७९/०८० को आर्थिक प्रगती प्रतिवेदन समूहका कोषाध्यक्ष बाबुराम भण्डारीले प्रस्तुत गर्नु भएको थियो । लेखा संयोजक बिष्णु गिरीले ०७९/०८० को लेखा प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


साधारण सभामा वनका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष मित्रलाल कडेलको स्वागत तथा सचिव सारदा ढकाल थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा करिव ६ सय बढि उपभोक्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६