प्रदेश

बाणगंगामा नापतौलका यन्त्र दर्ता, नवीकरण र जाँच शिविर संञ्चालनमा




हरि घिमिरे, ०८ असोज ।
कपिलवस्तुको बाणगङ्गा नापतौलका यन्त्र दर्ता तथा नवीकरण र जाँच गर्ने शिविर सञ्चालन भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको समन्वयमा आइतबार देखि मंगलबार सम्मको लागि नापतौलका यन्त्र दर्ता तथा नवीकरण र जाँच गरिदै छ । 

यस बाणगङ्गा क्षेत्रका उद्योगी व्यवसायहरूका लागि मध्यनजर गरेर नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीले शिविर जारी राखेको छ । यो कार्यक्रम भोलि मंगलबार सम्म चल्ने जनाईएको छ । 

जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक समयमा नै दर्ता तथा जाँच नगराए कानूनी कारबाही भोग्नु पर्ने नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निर्देशक दिपेन्द्र रोकाहा बताए । 

उनले व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्र समयमा नै दर्ता तथा जाँच नगराएको पाइए कानुनी कारवाही हुने चेतावनी व्यापारी, व्यवसायी तथा सरोकार पक्षलाई दिए ।

तर्सथ उनले कपिलवस्तुका लागि कपिलवस्तु उद्योग वाणिज्य सङ्घमा चलेको शिविरमा आफ्ना ढक, तराजु, मिटर, लिटर लगायत नापतौल सामग्री चेकजाँच तथा प्रमाणित गर्न नछुटाउन आग्रह गरे । 

व्यापारीले ढक, तराजु, मिटर, लिटर लगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ । 
व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि ३५ दिन भित्र अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको बताईएको छ । 

नापतौलमा प्रयोग हुने ढक तथा यन्त्र हरेक वर्ष जाँच गराउनुपर्ने र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्ने प्रावधान रहेको गुणस्तर तथा नाप तौल कार्यालयबाट शिविरमा आएको टोलीले जनाएको छ ।  

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६