ब्रेकिंग न्युज

स्वास्थ्य सेवामा अब्बल बन्दै युनाईटेड अस्पताल



आश्विन ८, कपिलवस्तु
डेढ दशक देखि संचालित युनाईटेड नेशनल अस्पताल यतिखेर बिरामीको विश्वास जित्दै रोजाईमा पर्न सफल भएको छ । पछिल्ला दिनमा विशेषज्ञ सेवामा जोड दिदै गएपछि अस्पताल यति आफ्नो सेवामा अब्बल सावित बन्दै विरामीको रोजाईमा पर्न सफल भएको हो । सामान्य बिरामी हुदा समेत बुटवल पुग्न पर्ने बाध्यताबाट यतिखेर कपिलवस्तुबासीले राहतको महशुस गरेको बताउनुहुन्छ स्थानियबासी राम सुभागे थारु । अस्पतालले आधुनिक भवन निर्माण गरी एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पाठेघर, गाठा, गुठी, बच्चा निकाल्ने लगायतका सल्यक्रिया सेवालाई प्रभावकारी बनाउनुका साथै विशेयज्ञ सेवा सहित आवश्यक जनशक्ति ब्यवस्थापन गरेको बताउनुहुन्छ फेमली फिजिसियन तथा जिपी सर्जन एवम् अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. पूर्ण बहादुर घर्ती मगर ।

शान्त मनोरम र स्वच्छ वाताबरण, आधुनिक सुविधा युक्त हस्पीटलबाट अटोमेटिक सुविधा युक्त ल्याव, भरपर्दाे विश्वासीलो र गुणस्तरीय उपकरणका साथ स्वास्थ्य परिक्षण, उच्च मनोबैज्ञानिक कलाका साथ चिकित्सकको परामर्शमा उपचार,दक्ष चिकित्सकवाट माइनरदेखि मेजर सम्मका अप्रेसन सेवा प्रदान गर्ने गरेको बताउनुहुन्छ हार्ड, जोर्नी तथा बाथ रोग विशेयज्ञ डा. समीर खान ।अस्पतालमा विरामीको चाप दिन प्रतिदिन बढदै गएको र कपिलवस्तु, छिमेकी जिल्लाहरु रुपन्देही, अर्घाखाँची, दाङ, प्युठान लगायतका जिल्लाबाट विरामीहरु आउने गरेको बताउनुहुन्छ अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्य ।
स्थानियको माग पश्चात अस्पतालले हालै मात्र संचालन गरेको फिजियो थेरापी सेवा छोटै समयमा नै विरामीको रोजाईमा पर्दा विरामीको चाप निकै बढेको बताउनुहुन्छ फिजियो थेरापिष्ट डा. सुरेन्द्र चौधरी ।उर्जाशिल उमेर, ग्रामिण क्षेत्रमा स्वास्थ्य क्षेत्रमा देखा परेका समस्या, चुनौती आफ्नै गाउँबाट सेवा दिनुपर्छ भन्ने मान्यताबाट ओतप्रोत विशेषज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीहरु सहित १४ जनाको समूहबाट २०६५ सालमा शुरुवात भएको युनाईटेड अस्पतालमा हाल विशेयज्ञ डाक्टर सहित ४५ जना सेवामा कार्यरत रहेका छन् ।

२०७० सालमा स्वास्थ निर्देशनालय पोखराबाट १५ शैयाको अस्पताल संचालन अनुमति लिएको यस अस्पतालले २०७९ सालमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट ५० शैयाको अस्पताल संचालनको अनुमति प्राप्त गरेको अस्पतालले जनाएको छ ।
चिकित्सक तथा अन्य स्वास्थ्यकर्मिहरुको स्थायित्वका निम्ति सचालक समितिले आवश्यक निर्णय लिएको अध्यक्ष मुनाराम चालिने बताउनु हुन्छ । अस्पताल महेन्द्र राजमार्ग जितपुर ४ नं. देखि करिव ४ किमी दक्षिणमा रहेको छ । अस्पतालले आगामी दिनमा एक सय सैयाको संचालन अनुमतिका निम्ति आई, ई.ई लगायतका कानूनी तयारी पुरा गरेको बताउनुहुन्त अस्पताल संचालक समितिका अध्यक्ष मुनाराम चालिसे ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६