ब्रेकिंग न्युज

बाणगंगाले डेढ महिना पछि पायो प्रमुख प्रशासकिय अधिकृत : कार्यवहाक मेयर चौधरीद्धारा मरासीनीलाई स्वागत




कपिलवस्तु ८ असोज । वाणगंगा नगरपालिकामा विगत डेढ महिना देखिको रिक्ततालाई पुरा गर्दै आजवाट नयाँ प्रमुख प्रशासकिय अधिकृतले कार्यभार सम्हाल्नु भएको छ । प्रमुख प्रसासकीय अधिकृतको रुपमा भक्तिराम मरासिनी आउनु भएको हो । उहा यस अघि सुनवल नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहनु भएको थियो । यस अघि वाणगंगाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल प्यूठानको सहायक प्रजिअका रुपमा सरुवा भएपछि वाणगंगामा प्रदेशको मुख्यमन्त्री कार्यलयका उपसचिव यमकान्त पाण्डे प्रमुख प्रशासकिय अधिकृतका रुपमा मन्त्रालयवाट खटाइनु भएको थियो ।
तर उहा बाणगंगामा नदीजन्य पदार्थका कारण अख्तियार सम्म मुद्धा मामिला झेल्नु परेको जानकारी पाएपछि उहा वाणगंगा आउन नचाहेको उहाले वताउनु भयो ।

खटाईका अधिकृत कपिलवस्तुको वाणगंगा जस्तो समृद्धी उन्मुख पालिकामा नआउनु र आउन खोजेकालाई पठाउन मन्त्रालयलाई कानुनी समस्य रहनुले करिव डेढ महिना वाणगंगा प्रमुख प्रशासकिय अधिकृत विहिन हुन पुग्यो। यस वीचमा यस क्षेत्रका सांसद वलराम अधिकारी र वाणगंगामा मेयर चक्रपाणी अर्याल प्रमुख प्रशासकिय अधिकृत पठाई दिन भन्दै ३ पटक मन्त्रालयमा डेलिगेशन गएपछि भक्तिराम मरासीनीलाई मन्त्रालयले सरुवा गरेर पठाएको हो । बाणगंगाम खिमानन्द भुसाल आउनु पूर्व आउने गरी मन्त्रालयवाट सरुवा माग गर्नु भएका मरासीनीलाई त्यतिबेला भुसालले उछिन्दै वाणगंगामा आउनु भएको थियो ।

यसैबीच बाणगंगामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीलाई कार्यवहाक मेयर रीता चौधरी र निमित्त प्रशासकिय अधिकृत राजकुमार तिवारी सहित सम्पूर्ण कर्मचारीले संक्षिप्त कार्यक्रमका साथ आज स्वागत गरेकाछन् । मेयर चक्रपाणी अर्याल फोहोर प्रशोधन प्रविधीको अवलोकनकालागि भारतको भ्रमणमा जानु भएकोले उपमेयरले कार्यवहाक मेयरका रुपमा मरासीनीलाई स्वागत गर्दै वाणगंगावासीको अपेक्षा अनुसार मेहनत गरेर नगरलाई सवल र सक्षम वनाउन मिलेर काम गर्ने वताउनु भयो ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६