प्रदेश

इलेक्ट्रिक स्कुटर र साइकलका लागि खुल्यो, न्यु गुराँस ट्रेड लिङ्क



कपिलवस्तु, ०८ असोज ।

विश्वभरी इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको चार नम्बर जितपुरमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ ।

विद्युत बाट चल्ने साइकल र स्कुटरलाई लक्षित गरि सञ्चालनमा आएको ट्रेड लिङ्कको सोमबार (आज) एक भब्य समारोहका बिच उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरेले उद्घाटन गर्नुभयो ।

बाणगंगाका ६ व्यवसायीहरुको सवा करोड भन्दा बढिको लगानिमा सुरु गरिएको उक्त ट्रेड लिङ्कले इन्धनको अभावलाई रोक्न महत्वपुर्ण भुमिका खेल्ने विश्वाल लिइएको छ । विश्व बजारमा द्रुत गतिमा विकास भैरहेको इलेक्ट्रिकका सवारी साधन ९इभि० को प्रयोगलाई कपिलवस्तुमा समेत बढाउन यस्तो व्यवसाय सुरु गरिएको सञ्चालकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कपिलस्तुका अध्यक्ष घिमिरेले व्यवसायीहरुका हरेक काममा आफु र संघ साथमा रहेकोले ढुक्क भएर लगानि गर्न आग्रह गर्नुभएको छ । बढ्दो वैदेशिक पलायनलाई रोक्ने प्रेरणको स्रोतका रुपमा ६ जना युवाहरु उभिएकोमा खुसी व्यक्त गर्दै सहकार्यको लागि तत्पर रहेको बताउनु भएको थियो ।

त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ले यस ट्रेड लिङ्कले रोजगारको अभावमा भौतारिरहेकालाई समेत सहयोग गर्नेमा विश्वास ब्यक्त गर्नुभएको छ । यस्तो आर्थिक मन्दीको समयमा पनि व्यवसायमा लगानि गर्न हिम्मत गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभएको थियो । फरक प्रसङ्गमा उहाँले राज्यले घोषणा गरेको एक पालिका एक औद्योगिक ग्राम भन्ने योजनालाई छिटो कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै चेम्बर अफ कमर्स कपिलवस्तुकी अध्यक्ष धनकुमारी अधिकारीले वर्तमान सरकार युवा, रोजगार र व्यवसाय प्रति अत्यन्तै सङ्कुचित हुँदा पनि कपिलवस्तुमा नै यति ठुलो लगानि गरेको भन्दै व्यवसायीक सफलताको सुभकामना दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका निवर्तमान अध्यक्ष राम सुभाग्गे थारुले विद्युतिय सवारी साधनको महत्वको बारेमा प्रस्ट पार्दै यस्तो समय सान्दर्भिक व्यवसाय सफल हुने जिकिर गर्नुभएको थियो । आफुले विगत देखि नै विद्युतिय सवारीलाई विशेष महत्वमा राखेको भन्दै जिल्लामा यस्को सम्भावना प्रसस्त रहेको बताउनु भएको थियो ।

सञ्चालक विश्नु प्रसाद गैरेले स्वागत मन्तब्य राख्दै विश्व बजारमा नै व्यवसायीहरु धरासयि बनिरहेको अवस्थामा आफुहरुले हिम्मत गरेर महत्त्वपूर्ण कदम चालेकोले यसमा जिल्लाका सबै संघ सस्था र ब्याक्तिहरुले सहयोग गर्नेमा विस्वास ब्याक्त गर्नुभएको थियो ।

सञ्चालकहरु, जिल्लका व्यवसायी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने सन्तोष गैरेले गर्नुभएको थियो ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६