भगवति न्यौपाने
कपिलवस्तु ८ असोज ।कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा हिजो देखि सुरु भैरहेका ढक-तराजु नवीकरण तथा चेक जाँच कार्यक्रममा अहिले सम्म ले चेक जाँच तथा नविकरण गराएका छन । व्यापार व्यवसायलाई सन्तुलित, मर्यादित र विश्वसनीय बनाउनको लागि नापतौल कार्यालय बुटबलको सहयोग उक्त कार्य सञ्चालन गरिएको हो । संघको कार्यालय चार नम्बर जितपुरमै हुने कार्यक्रममा नापतौल कार्यालय बुटबलको सहयोग रहने भएकाले जिल्लाका सम्पुर्ण व्यवसायीहरुलाई आफ्ना ढक तराजु नवीकरण तथा चेक जाँच गर्न पनि संघले आग्रह गरेको छ ।
व्यवसायीहरुको सुविधाका लागि उद्योग व्यापार संघ कपिलवस्तुले चार नम्बर मै नापतौल टोलीलाई झिकाएर कार्य सञ्चालन गरिएको संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भएको छ । उपभोक्ता ठगिने लगायतका समस्यालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको छ ।नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निर्देशक दिपेन्द्र रोकाहाले व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक समयमा नै दर्ता तथा जाँच नगराए कानूनी कारबाही भोग्नु पर्ने भएकाले पनि यो कार्य महत्वपुर्ण रहेको बताउनु भयो ।
व्यापारीले ढक, तराजु, मिटर, लिटर लगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ । व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि ३५ दिन भित्र अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको बताईएको छ ।आजको कर्यक्रममा संघका पुर्व अध्यक्ष हुमनाथ पौडेल, संघका पदाधिकारी, नापतौल विभाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया