दाङ,असोज ९ । काठमाण्डौबाट सुर्खेतका लागि छुटेको रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२(००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व(पश्चिम राजमार्गको लमही नगरपालिका(९ शिवखोलामा दुर्घटनामा परेको हो ।
घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।
प्रतिक्रिया