प्रदेश

पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु



बुटवल, ९ असोज । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले बताए ।

सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिए ।

जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेका छन् ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६