पाल्पा । प्रादेशिक साँस्कृतिक पाल्पा दरबार संग्रहालय संचालन तथा व्यवस्थापनका विषयमा सरोकारवाला बीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।संग्रहालयको सञ्चालन तथा व्यवस्थापनका सवालमा गम्भीर नदेखिएको लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा दरबन्दी भन्दा बाहिरका कर्मचारी हटाउने परिपत्र गरेपछि विकल्पको खोजी गर्न छलफल आयोजना गरिएको हो ।छलफलमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले एतिहासिक तथा साँस्कृति संग्रहालयको विकासका लागि ठोस योजनाका साथ काम गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य वीरबहादुर रानाले अप्ठारो पर्दा मात्र समन्वय गर्ने अरु समय आफूखुसी हिड्ने प्रवृतीको अन्त्य गर्नुपर्ने बताउनुभयो । अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले कर्मचारीको हकमा विगतको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले यसका साथै कार्यविधि र दरबन्दी परिमार्जन गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले दरबार परिसरका टहरा भत्काएपछि व्यवस्थापन गर्न पुरात्तत्व विभागले सहजीकरण नगरिदिँदा समस्या भएको बताउनुभयो ।
१० आश्विन २०८०, बुधबार
प्रतिक्रिया