हरि घिमिरे, १० असोज ।
कपिलवस्तुको बाणगंगाका लागि टीभीएसको आधिकारिक वितरक बाणगङ्गा अटो ट्रेडर्समा टीभीएस च्याम्पियन्स एक्सचेन्ज मेला सुरु भएको छ । असोज ०९ गते देखि बाणगंगाको बैरियामा आयोजित यो मेला असोज १४ गते सम्म चल्ने जनाईएको छ ।
यस भव्य मेला मार्फत ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने बाणगङ्गा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलले बताए । उनले बाणगङ्गा अटो ट्रेडर्समा ७ हजार देखि ३० हजार सम्मको छुटको व्यवस्था रहेको पनि बताए ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्याङ्कन भन्दा रु १० हजार बढी मूल्य पाउने छन् । मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद रु. ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको जनाईएको छ ।
यस्तै हरेक महिना लक्की ड्र मार्फत सत प्रतिशत क्यास ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. १० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा इच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने छन् ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दुई पाँग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम् सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।
प्रतिक्रिया