पर्यटन

विश्व पर्यटन दिवसः होटल तथा पर्यटन व्यवसायी संघद्वारा जगदिशपुर तालको सरसफाइ



हरि घिमिरे, ११ असोज । 

होटल तथा पर्यटन व्यवसायी संघद्वारा जगदिशपुर तालको सरसफाइ गरिएको छ । विश्व पर्यटन दिवसको अवसरमा बुधवार जगदिशपुर तालको सरसफाइ गरिएको हो । 

संघले जिल्लामा अवस्थित विश्व सिमसार क्षेत्रमा सूचिकृत जगदिशपुर तालको करिब १ किलो मिटर क्षेत्र परिसर सरसफाइ गरिएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए । 

उनले प्राणी जगतको प्राणको रुपमा रहेको सिमसार क्षेत्रको सरसफाइले पर्यटन व्यवसायमा   योगदान पुर्‍याउ सक्ने भएकाले सरसफाइ गरको बताए । 

संघले प्राचीन कपिलवस्तुका होटल व्यवसायी द्वारा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई  यही असोज १० देखि १७ गते सम्म लजिङ्ग र फुडिङ्गमा १५ प्रतिशत छुट दिने भएको छ । 


 पर्यटन व्यवसायलाई उत्साहित गर्नका लागि होटल व्यवसायको लजिङ्ग र फुडिङ्गमा १५प्रतिशत छुट दिने भएको हो । 

सरसफाइ अभियानमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका कार्यसमितिका पदाधिकारी, समाजसेवी बुद्धिजीवी, लगायतको उपस्थिति थियो ।

प्रकाशित : ११ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६