प्रदेश

मानव अधिकार समूहले प्रजिअलाई बुझायो ध्यानाकर्षण पत्र



कपिलवस्तु, १२ असोज । मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारीलाई बिहिबार ज्ञापन पत्र बुझाईएको छ । कपिलवस्तु जिल्लाका नागरिकहरुलाई आवतजावत गर्नका लागि छाडाचौपायाको कारणले समस्या भएको तथा किसानहरुले लगाएको खेतीवाली समेत नोक्सान भएको हुँदा छाडाचौपाया व्यवस्थापन गर्नको लागि जिल्लाको दश स्थानियतहहरुलाई बोधार्थ दिने गरी प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापन पत्र बुझाईएको हो ।

कपिलवस्तु जिल्ला अदालतबाट कपिलवस्तु नगरपालिका लगाएत जिल्लाका दशस्थानिय तहलाई आदेश समेत भएको तर अदालतको आदेश पालना समेत हुन नसकेको र छाडाचौपाया व्यवस्थापनको लागि दशवटा पालिकाहरुले नै तत्काल व्यवस्थापन गर्न ध्यानाकर्षण गराउन चाहान्छौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मानव अधिकार र सामाजिकन्यायका क्षेत्रमा विगत ३० बर्ष अघि देखि नेपालमा कामगर्दै आईरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज मार्फत कपिलवस्तु जिल्लाको कपिलबस्तु नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । शिक्षा, स्वास्थ्य वातावरण र लैगिंक विभेदको विषयमा नागरिकलाई सचेत बनाउदै व्यहारिक रुपमा कार्यान्वय गर्न जिम्मेवार निकायलाई जवाफदेहि बनाउन पालिका स्तरिय मानवअधिकार समुह र दुई वटा विद्यालयमा बालअधिकार चेतना समुह गठन गरेर समस्याको समाधानका लागि पहल गरिरहेको छ ।

हाम्रो देश हिमाल पहाड तराई समेतको मनोरम दृष्य समेतबाट सजिएको देश हो । ७७ जिल्ला मध्ये कपिलवस्तु जिल्ला राजा शुद्धोधनको राजधानी तथा भगवान गौतम बुद्ध जन्मेको जिल्ला हो । यस जिल्लामा दश स्थानियतहहरु छन् । जसमा कपिलवस्तु नगरपालिका, मायाँदेवी गाउँपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका,कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, शिवराज नगरपालिका, बिजयननगर गाउँपालिका, शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका छन ।

यस जिल्लाको शैक्षिक अवस्था, वातावरणीय अवस्था तथा छाडा चौपायाको अवस्था एकदमै दयनिय एवं कष्टकर छ । प्लाष्टिक जन्य पद्धार्थहरुको कारण मानव जीवनमा स्वास्थ्यमा प्रतिकुल असर परेको छ र शैक्षिक गुणस्तर न्यूनभएको हुँदा शिक्षाको समस्या तथा छाडा चौपायाको करणले आम नागरिकहरुलाई आवतजावत र कृषिवाली समेतलाई प्रभावित पारिरहेको हुँदा यी सम्पूर्ण बिषयहरुको न्यूनिकरणका लागि सम्बन्धित निकायहरुसंग समन्वय गरि समस्या सामाधानका लागि प्रक्रिया अगाडी बढाउन मानवअधिकार समूह कपिलवस्तु नगरपालिका ज्ञापन पत्र मार्फत जोडदार माग गर्दछौं पत्रमा उल्लेख गरिएको छ ।

यस्तै कपिलवस्तु जिल्लामा प्लाष्टिकको कारणबाट वातावरणीय समस्याहरु उत्पन्न भई मानवजिवनमा स्वास्थ्य सम्बन्धि असर पर्ने भएकोले प्लाष्टिक व्यवस्थापनगर्न स्थानिय उत्पादनको सहज वातावरण मिलाउन सम्बन्धित निकायसंग जोडदार मागगर्दछौं ।

यसैगरी जिल्लाको शैक्षिक अवस्था कमजोर हुँदै गएको हुँदा प्रत्येक बिद्यालयको शैक्षिक अवस्था सुधार गर्नको लागि नियमित ढंगबाट सम्बन्धितनिकायले अनुगमन गर्न/गराउन जोडदार माग गर्दछौं भनिएको छ ।

मानव अधिकार समूहले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले ज्ञापन पत्रको बोधार्थ जिल्लाका दश स्थानियतहलाई पठाउने र कार्यान्वयन गर्न ताकेता गर्ने प्रतिवद्धता जनाउनु भयो । स्थानिय सरकार संचालन निर्देशिका २०७४ को निर्देसिका अनुसार छाडा चौपाया व्यवस्थापनको लागि पटक पटक जिल्ला समन्वय समिती मार्फत निर्देशन गरिएको समेत जानकारी दिनु भयो ।

यस्तै मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले छाडा चौपाया व्यवस्थापनका लागि यस ज्ञापन मार्फत सुनुवाई नभएमा पुन सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता जनाउनु भयो । उक्त कार्यक्रममा इन्सेक साधारण सदस्य , समूहका पदाधिकारीहरु , नेपाल पत्रकार महासंघका अध्यक्ष र इन्सेक प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६