प्रदेश

कांग्रेस नेता शेखर कोईराला र मन्त्री आचार्य १५ गते कपिलबस्तु आउदै



कपिलबस्तु, १२ असोज ।
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला भेला यही असोज १५ गते हुने भएको छ । पार्टीको जिल्ला कार्य समितिको तौलिहवा स्थित पार्टी कार्यालयमा भएको बैठकले सो निर्णय गरेको पार्टी प्रबक्ता ईश्वरी प्रसाद पाण्डेयले बताए । भेला तौलिहवा स्थित पार्टी कार्यालयमा हुने र प्रमुख अतिथी कांग्रेस नेता शेखर काईराला रहेको उनले बताए ।


यस्तै कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्य समेत सहभागी हुने जिल्ला सदस्य राजेश ज्ञवालीले बताए । भेलामा जिल्लाभरबाट एक हजार नेता कार्यकर्ताहरु सहभागी हुने अनुमान गरिएको छ ।


बैठकमा भेलाका लागि आवश्यक साधान श्रोत समेत जुटाउने र तयारीमा लाग्ने छलफल समेत भएको थियो । बैठक पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको थियो ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६