प्रदेश

बाणगंगाका प्रमुख प्रशासकिय अधिकृत मरासिनीलाई उद्योग ब्यापार संघद्वारा स्वागत



कपिलवस्तु, १२ असोज । उद्योग ब्यापार संघ कपिलवस्तुले बाणगंगा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लाई स्वागत तथा सम्मान गरेको छ । संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा आज संघको कार्यालयमा भएको एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अधिकृत मरासिनीले संघले गरेको स्वागतले आफुलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताउनु भएको छ । बाणगंगालाई समृद्ध नगरको रुपमा विकास गर्नको लागि नगर एक्लैले काम गरेर नपुग्ने भएकाले यहाँका संघ संस्थाहरुको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ । बाणगंगामा रहेका हरेक समस्या सङ्ग जुध्नको लागि हामिहरु व्याक्तिगत स्वार्थ बाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले समग्र देशका उद्योगी व्यवसायीहरुले आर्थिक सङ्कट भोगिरहेको भन्दै त्यसको समाधानको लागि हामि सबै मिलेर जानुको विकल्प नभएको बताउनु भएको छ । बाणगंगाले योग्य र सफल हाकिम पाएकोले अब यहाँका व्यवसायीहरुका समस्यालाई गम्भिर रुपमा हेर्न समेत आग्रह गर्नुभएको थियो ।

त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघको बारेमा जानकारी गराउँदै नगर सङ्ग सहकार्य गर्न आतुर रहेको बताउनु भएको छ । बाणगङ्गाको आफ्नै पहिचान र गरिमा रहेकोले त्यसलाई थप उचाईमा पुर्याउनको लागि नवनियुक्त अधिकृत मरासिनीले थप कदम चाल्नेमा विश्वास ब्याक्त गर्नुभएको छ । अध्यक्ष पौडेलले बाणगङ्गामा कहिलेकाही व्याक्तिगत स्वार्थ पुरा गर्न देखिने स्वार्थी समुहलाई परास्त गर्नमा पनि मरासिनीले महत्वपुर्ण कदम चाल्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा संघका निवर्तमा अध्यक्ष हुमनाथ पौडेल, संघका पदाधिकारी, सल्लाहकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने सन्तोस गैरेले गर्नुभएको थियो ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६