अर्थ-वाणिज्य

एयरपोर्टको धावनमार्ग नै भू-माफियाको कब्जामा




भैरहवा १३असोज । भू माफिया कति सम्म शक्तिशाली हुन्छन् भन्ने कुरा भैरहवा विमानास्थलमा देखा परेको छ । भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भएको छ ।धेरैजसो भारतको गोरखपुरमा बसोबास गर्ने सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्यालय रूपन्देहीले सात कित्तामा रहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिन गत वैशाख ८ मा दर्ता गरिदिएको हो । दर्ता गरिदिन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मालपोतका नाममा परमादेशसमेत दिएको थियो । जबकि २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थलको उद्घाटनसमेत २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन ।
५८ वर्षअघि हदबन्दीमा परेको जग्गामा आठ वर्ष लगाएर विमानस्थल बनेको एक वर्षपछि जग्गा व्यक्तिका नाममा सारिएको हो । उक्त जग्गा विमानस्थलको केही कम्पाउन्डभित्र र धावनमार्गमा समेत परेको छ । हदबन्दीमा परेको यो जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता थिएन । तर भूमाफियाको योजनामा मिश्र परिवार अदालतमा गएपछि उच्च अदालतको आदेशमा मालपोत कार्यालयले मिश्रका नाममा सारिदिएको थियो । लालपुर्जा पाएपछि योजनाबद्ध रूपमा मिश्रले आफ्नो जमिन विमानस्थलले अधिग्रहण गरेको दाबी गर्दै मुआब्जाका लागि विमानस्थल आयोजना कार्यालयमा निवेदन दिएका छन् ।
भूमाफियाले मिश्रलाई प्रयोग गरेर जमिन व्यक्तिका नाममा दर्ता गराउन सफल भएको स्रोतको दाबी छ । २०७९ सम्म फिल्डबुकमा कसैको नाममा नरहेको जग्गा आफ्नो भन्दै मिश्रले निवेदन दिएपछि विमानस्थल आयोजना कार्यालयले विभिन्न निकायलाई जानकारी गराएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मालपोत र विमानस्थल आयोजनालाई जग्गाको आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएको जनाए ।,

प्रकाशित : १३ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६