कपिलवस्तु १३ असोज। छाडा चैपाया ब्यवस्थापनका लागि एक महिना अघि आदेश गरको कपिलवस्तु अदालतले छाडा चौपाया ब्यवस्थापनमा गरेको प्रगति बिवरण बुझाउन जिल्लाका १० वटै पालिकालाई अर्को आदेश गरेको छ । आदेशको कार्यान्वय नभएको भन्दै चौतर्फी कुरा उठे पछि अदालतले यस अघि दिइएको निर्देशन अनुसार के कस्ता काम संपन्न भएका छन त्यसको जवाफ लेखी पठाउन आदेश गरेको हो ।जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनले गत भदौ १२ गते पालिकाको नाममा छाडा चौपाया ब्यवस्थापन गर्न अदालतको आदेश दिएको थियो ।
एक महिना बिति सक्दा पनि त्यस बारे पालिकाले केही जानकारी नगराए पछि अदालतको अर्को आदेश आएको बताए । यो आदेश पालना नभएको खण्डमा अब पालिकाका जन प्रतिनिधिहरुलाई कसैले पनि अदालतमा मानाहानीको मुद्दा समेत दायर गर्र्न सक्ने बाटो खुला भएको श्रेस्तेदार सुमन पाण्डेयले बताए । छाडा चौपायको ब्यवस्थापन नहुदा दुर्घटना बढेका तथा कृषकहरु समेत मर्कामा परेका छन । छाडा चौपाया ब्यवस्थापनमा सुद्धोधन, मायादेबी, यशोधारा गाउपालिकाले केही काम गरेको बताएका छन
प्रतिक्रिया