जीवनशैली

दशै आयो खाउला पिउला, के खाउला ? चामल नपाउँला !




दाङ १३ असोज । दशै आयो खाउला पिउला, के खाउला ? चामल नपाउँला । हो दाङमा यस्तै भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी तुलसीपुर शाखाले माग अनुसारको चामल पु¥याउन नसकेको स्वीकारेको छ । पछिल्लो समय स्थानीयहरूले पनि कार्यालयमा आएर चामल किन्न थालेपछि चामलको माग बढ्दै शाखाले जनाएको छ । बजारमा चामलको मूल्य बढेका कारण पनि स्थानीयहरू कार्यालयमा आएर चामल किन्ने गरेका शाखा प्रमुख तिलक सुनारले बताउनु भयो । तुलसीपुर शाखामा मात्र नभएर प्रदेश कार्यालय, शाखा कार्यालय, डिपो कार्यालयहरूले पनि माग अनुसारको चामल पु¥याउन नसकेको उहाँको भनाई छ ।
उहाँका अनुसार गत आर्थिक वर्षमा नियमित जनता बिक्री अन्तर्गत २५४.२० क्विन्टल चामल बिक्री भएको थियो । यस्तै कार्यालयले कारागारलाई पनि चामल दिने भएकाले गतवर्ष २ हजार ९८६.०५ क्विन्टल चामल बिक्री गरेको थियो । कार्यालयले तुलसीपुर, घोराही, सल्यान र प्यूठान कारागारमा चामल बिक्री गर्ने गरेको उहाँको भनाई छ ।यो आर्थिक वर्षको अहिलेसम्म ६६१ क्विन्टल जनता बिक्री र कारागारको लागि खपत गरेको भएको उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्षको मौजाद चामल र गत साउनदेखि असोज ८ गते सम्म गरी १ हजार ६०३ क्वीन्टल चामल रहेको थियो । जसमा ९४२ क्विन्टल अहिले मौज्दात रहेको र त्यो कारागारहरूको लागि रहेको पनि उहाँले बताउनुभयो ।
गएको आर्थिक वर्षमा १८ हजार ७२९.०५ क्विन्टल चामल खपत गरेको उहाँले बताउनुभयो । अहिले कार्यालयले मसिनो चामल त्यो पनि बजार मूल्य भन्दा सस्तोमा दिँदा किन्नेहरूको संख्या बढ्दै गएको समेत उहाँले बताउनुभयो । बजारमा सोना मसुली चामल प्रतिकिलो ६० देखि ६२ रुपैयाँ प्रति किलो बिक्री भइरहेको छ । कार्यालयले ५५ रुपैयाँ किलो दिएको छ, भने, जिरा चामल कार्यालयले ८५ रुपैयाँ किलो बिक्री गरेको छ । बजारमा प्रति किलो ९० भन्दा माथि रहेको छ ।कार्यालयले गत आर्थिक वर्षमा कर्णाली प्रदेशको जाजरकोट, डोल्पा, पूर्वी रुकुम र पश्चिम रुकुममा तुलसीपुर शाखाले चामल पठाउँदै आएको थियो । तर, यस वर्षदेखि डोल्पा र रुकुमका दुई वटै जिल्लामा पठाइने उहाँको भनाई छ ।

प्रकाशित : १३ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६