प्रदेश

ज्ञानपुञ्ज बोर्डिङको अध्यक्षमा नारायण पौडेल सर्वसम्मत चयन



कपिलवस्तु, १३ असोज। वाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलको संचालक समितिको अध्यक्षमा नारायण पौडेल चयन भएका छन् । जिल्लामा सफल व्यवसायीको छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिबेशनले

अध्यक्षमा चयन गरेको हो । अधिबेशनले शंकर पाण्डे , रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त , बिष्णु प्रसाद घिमिरे, जुनुमनी पाण्डेलाई सदस्यमा चयन गरेको छ भने लेखा समिति संयोजकमा लेखनाथ पौडेल चयन भएका छन् । यस्तै लेखा समिती सदस्य पदमा बाबुराम घिमिरे , गोबिन्द पोखरेल चयन भएका छन् ।

अध्यक्षमा चयन भएका पौडेलले आफ्नो कार्यकालमा विद्यालयमा शैक्षणिक गुणस्तर कायम गर्न वातावरण मिलाउने बताए ।
विद्यालयलाई भौतिक रुपमा थप बलियो बनाउँदै जिल्लाको अग्रस्थानमा ल्याउन प्रयास गर्ने उनको दावी छ ।

सरल र विद्यालयप्रति निकै चासो राख्ने प्रवृत्तिका पौडेललाई अध्यक्षको रुपमा पाउँदा खुसी लागेको बताउँदै प्रिन्सिपल सुरेन्द्र पाण्डेले खुसी ब्यक्त गरे । उनले पौडेलको नेतृत्वले विद्यालयमा थप गति र उर्जा भरिने विश्वास गर्दै सफलताको कामना गरेका छन् ।

ज्ञानपुञ्ज जिल्लाको अग्रस्थानमा आउने विद्यालयको रुपमा चिनिन्छ । विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने आइएसए मान्यता पनि पाएको छ ।

प्रकाशित : १३ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६