कपिलवस्तु १३ असोज । लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले कपिलवस्तुले अव आर्थिक सामाजिक र सास्कृतिक विकासमा एकै साथ फड्को हान्ने वताउनु भएको हो । उहाले अव बन्ने योजना कपिलवस्तुलाई सास्कृतिक राजधानी र रुपन्देहीलाई आर्थिक राजधानी वनाउने गरी बन्ने भन्दै यसको लाभ कपिलवस्तुले पाउने दावि गर्नु भयो ।
विशेषगरि कपिलवस्तुको विकास र हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सामुदायिक टेलिभिजन बुद्धआवाजको समय सन्दर्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । आयोगका सदस्य खनाल आफु स्वयम कपिलवस्तुबासी भएको नाताले पनि यहाँको शिक्षा, स्वास्थ्य ,उद्योगी व्यवसायीहरुको हकहित लगायत सम्रग पक्षमा भुमिका खेल्ने बताउनु भयो । साथै उहाँले मन्त्रालय सँग राम्रो सम्बन्ध हुने बताउदै कपिलवस्तुलाई केहि देखिने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।खनालसंगको विस्तृत अन्तर्वार्ता यूटूव च्यानल बुद्ध आवाज मिडिया ग्रुपमा रहेको छ ।
प्रतिक्रिया