प्रदेश

थाहै नदिई मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री निगमसँग असन्तुष्ट, ग्याँसमा सहुलियत घोषणा हुँदै



काठमाडौं, १४ असोज । नेपाल आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार बिहान नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले थाहै नदिई किन मूल्य बढाएको भन्दै झपारेको बालुवाटार स्रोतले जानकारी दियो ।

जवाफमा थानीले स्वचालित मूल्यप्रणाली लागू गरेको भन्दै त्यहीअनुसार मूल्यवृद्धि गरिएको जवाफ दिएका थिए । प्रधानमन्त्री चाडबाडका मुखमा यसरी एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको जवाफ दिएका थिए ।

प्रधानमन्त्रीले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले खाना पकाउने ग्याँसमा सहुलियत घोषणा गर्ने पनि प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६