अर्थ-वाणिज्य

अनुभव र ज्ञानका खानीलाई सम्मान र संरक्षण :मेयर अर्याल




कपिलवस्तु १४ असोज । बाणगंगा नगरका मेयर चक्रपाणी अर्यालले जेष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएकाले उहाहरुको संरक्षण र सम्मान नगरले गर्ने वताउनु भएको छ।ज्येष्ठ नागरिकका लागि विश्वव्यापी मानव अधिकार पत्रका प्रतिवद्धताहरुलाई पूर्णता प्रदान गरौँ भन्ने मुख्य उदेश्यका साथ आइतबार ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा यस्तो वताउनु भएको हो । राष्ट्टिय ज्येष्ठ नागरिक समाज नेपालको आयोजनामा वाणगंगा नगरपालिका वडा न. ८ को गन्सहवामा कार्यक्रम आयोजना भएको हो ।कार्यक्रममा नगर प्रमुख अर्यालले नगरले हरेक कुराको मध्येनजर गर्दै ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम गरेको बताउनु भयो । ज्येष्ठ नागरिकको योगदानको कदर गदै आएको र आगमी दिनमा पनि ज्येष्ठ नागरिका सल्लाह सुुझावको उच्च कदर गर्दै जाने उहाँले बताउनु भयो ।

यस्तै विभन्न कार्यले गर्दा ज्येष्ठ नागरिकको मानव अधिकार सम्मान हुने हुदा सबैको साथ आवश्यक रहेको राष्ट्टिय ज्येष्ठ नागरिक समाजका केन्द्रिय उपाध्क्षय राम पौडेलले औल्लाउनु भयो ।ज्येष्ठ नागरिक शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न घर, परिवार र समाजको सहयोग गर्नु पर्ने महिला ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख शुशिला पन्तले जोड दिनु भयो । समाजमा गरेको योगदानको कदर गर्दै ज्येष्ठ नागरिक हरिकला पोख्रेल,भिखु थारु,प्रेम नारायण पौडेल,गोमा कुवर र ढिका पौडेललाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक समाज वाणगंगा नगर कार्य समीतिका कोषाअधक्ष्य कृष्ण बहादुर सोमैको स्वागत मन्त्वय ज्येष्ठ नागरिक समाज वाणगंगा नगर कार्य समीतिका अधक्ष्य भेषराज कुवरको अध्यक्षता रहेको कार्यक्रममा सन्चालन वडाका जनप्रतिनिधि शैलेन्द्र बेल्बासेले गर्नु भएको थियो ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६