अर्थ-वाणिज्य

उद्योग बाणिज्य संघको अध्यक्षमा बसन्त : उपाध्यक्ष वाहेक सबैमा गठबन्धन विजयी




दाङ १५ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष पदमा बसन्त जोशी निर्वाचित भएका छन् । जोशीले १३४५ मत ल्याएर अध्यक्षमा विजयी भए । उनका प्रत्यासी रामप्रसाद पोख्रेलले ९१० मत प्राप्त गरे ।नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनबाट उद्योग उपाध्यक्ष बाहेक सबै पदमा बसन्त जोशीको नेतृत्वको संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार विजयी भएका छन् । उद्योग उपाध्यक्षमा भने रामप्रसाद पोख्रेल नेतृत्वको साझा, समावेशी व्यवसायिक प्यानलका ध्रुर्व कुमार गहतराज विजयी भए ।त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगत आचार्य र सहकोषाध्यक्षमा माधव खनाल निर्वाचित भएका छन् ।

त्यस्तै उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णु प्रसाद रिजाल र एशोसियट सदस्यमा युवराज पोख्रेल निर्वाचित भएका छन् । सदस्यहरुमा रुद्र बहादुर जैशी, दिपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, राम प्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, तोर्वु तामाङ र सुरज बुढाथोकी निर्वाचित भएका छन् ।बसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायिक प्यानललाई सत्तारुढ दल नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राजमो लगायत दल समर्थक व्यवसायीहरुको समर्थन थियो भने रामप्रसाद पोख्रेल नेतृत्वको सझा, समावेशी व्यवसायिक प्यानललाई नेकपा एमाले, राप्रपा, नेकपा लगायतका व्यवसायिकहरुको समर्थन थियो । शनिवार भएको मतदानमा ३३५८ मतदातामध्ये २३५७ मत खसेको थियो ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६