प्रदेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुमा व्यवसायीको उत्साहजनक आवद्धता




कपिलवस्तु, १५ असोज । 
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुमा होटल व्यवसायीको उत्साहजनक आवद्धता भएको देखिएको छ । संघका अध्यक्ष रविन्द्र पौडेलले सार्वजनिक गरेको व्यवसायीहरूको आवद्धता तथ्याङ्कले यस्तो देखाएको छ । 


संघले सार्वजनिक गरेको तथ्याङ्कमा बाणगङ्गा नगरपालिकाका २ सय १५, शिवराज नगरपालिकाका ४२, कृष्णनगर नगरपालिकाका ४०, कपिलवस्तु नगरपालिकाका ४० र बुद्धभूमि नगरपालिकाका ६ जना व्यवसायीहरूको आवद्धता रहेको जनाईएको छ । थप आवद्धताको क्रम जारी रहेको संघका वरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाले बताए । 


यता संघका अध्यक्ष रविन्द्र पौडेलले संघले गरेको क्रियाकलापहरूलाई अपनत्व ग्रहण गर्दै जिल्लाभर बाट सो– स्फूर्त रुपमा संघमा आवद्ध हुन आउने व्यवसायीहरूलाई  धन्यवाद व्यक्त गरेका छन् ।

उनले व्यवसायीको माया, सुझाव, सल्लाह, हौसला सहित संघ प्रतिको आकर्षकले आफु हरुलाई थप जिम्मेवार बोध गराएको उनले बताए ।  


अध्यक्ष पौडेलले व्यवसायीहरूको हकहित, अधिकार, संरक्षण र पर्यटन प्रवर्द्धनमा संघ कहिले पनि बिचलित नहुने प्रतिवद्धता जनाएका छन् । 

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६