प्रदेश

‘औषधिको दुरुपयोग गरेर लागू औषध दुव्यर्सनी जोखिमका विषयमा चर्चा’




हरि घिमिरे, १५ कपिलवस्तु ।

औषधिको दुरुपयोग गरि लागू औषध प्रयोग कर्ताको बिगबिगी भइरहेको अवस्थामा फर्मासिस्ट व्यवसायिहरूले औषधिको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् । कपिलवस्तुमा भएको एक दिने  नार्कोटिक र साइकोट्रोपिक औषधि सम्बन्धी तालिममा उनीहरूले यस्तो प्रतिवद्धता गरेका हुन् । 

औषधि व्यवस्था विभाग मा दर्ता व्यवसायि, फर्मासिस्ट तथा सहायक फार्मसिस्ट हरूको गुणस्तर वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो  ।


तालिममा औषधिको दुरुपयोग गरेर लागू औषध दुव्यर्सनीका जोखिमका विषयमा चर्चा गरिएको थियो । यसका लगि औषधिको व्यवस्थापन तथा भण्डारण कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण गराइएको थियो । 

तालिममा नार्कोटिक र साइकोट्रोपिक औषधिको ह्यान्डलिंग र व्यवस्थापनमा जोड दिइएको आयोजकले जनाएको छ। बाणगंगाको पिस हिमालयन रिसोर्टमा आइतबार तालिम गरिएको बताईएको छ  । 

तालिमको नेपाल फार्मेसी  संघ कपिलवस्तु र नेपाल औषधि व्यवसायी संघ कपिलवस्तुले आयोजना, संरक्षक संस्थाको रुपमा नेपाल फार्मेसी संघ केन्द्रीय समिति तथा लुम्बिनी प्रदेश समिति रहेको थियो ।  औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाण्डौका फार्मेसी अधिकृत अरविन्द बनियाले प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य धुर्व कुमार शर्माको प्रमुख आतिथ्यता, औषधि व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष मनुल्ला खाँको आतिथ्यता, संघका जिल्ला अध्यक्ष रमेश शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन संघका रूपन्देही महासचिव उदयराज खत्रिले गरेका थिए ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६