प्रदेश

इलाका प्रहरी कार्यालय पिपराद्वारा अहिंसा सम्बन्धी सचेतना



कपिलवस्तु, १५ असोज ।
विश्व अहिंसा दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले अहिंसा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । बाणगंगा नगरपालिका वडा न. २ हाटवजार नजिकै अहिंसा सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका शुरक्षाकर्मी, व्यवसायी, स्थानिय, यात्री लगायत विभिन्न व्याक्तिहरुको उपस्थिती रहेको थियो ।

हरेक वर्ष अक्टोवर २ का दिन विश्वभर विभिन्न कार्यक्रम गरि अहिंसा दिवस मनाउने गरिन्छ । विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्र संघका १ सय ९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६