प्रदेश

मोटरसाइकल तथा स्कुटर खरिदमा २५ गुणा नगद छुट 




कपिलवस्तु, १५ असोज ।बाणगंगाको केदारनाथ अटो मोबाइल्समा मोटरसाइकल तथा स्कुटर खरिदमा २५ गुणा नगद छुट हुने भएको छ । बजाज ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा कम्पनीले यस्तो छुट दिएको  हो । विशेष गरि विजया दशमी तथा दिपावलीको अवसरमा यस्तो छुट आएको केदारनाथ अटो मोबाइल्सका सञ्चालक विष्णु पाठकले बताए ।उनले मोटरसाइकल तथा स्कुटर नगद खरिद गर्दा रु १० हजार देखि २ लाख ५० हजार सम्म स्क्राच मार्फत यस्तो व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार १ सय ५० सिसि भन्दा माथिको मोटरसाइकल फाइनान्स मार्फतका खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत  ब्याजदर १ वर्षको लागि रहने बताए । 


यस्तै उनले पल्सर १२५ सिसि, पल्सर १२५ एन एस, डिस्कभर १२५ सिसि, पलाटिना १०० सिसिको मोटरसाइकल तथा स्कुटर फाइनान्स मार्फतका खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत    ब्याजदर १८ महिनाको लागि रहने बताएका छन् । 
पाठकले हरेक मोटरसाइकल, स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज ब्रान्डका मोटरसाइकल लिनु सकिने व्यवस्था रहेको पनि जानकारी दिए । साथै केदारनाथ अटोमोवाइल्समा हाल सर्भिसीङ्ग क्याम्प पनि सञ्चालनमा रहेको जनाए । सर्भिसीङ्ग क्याम्पमा लेबर चार्जमा ५० प्रतिशत, मोबिलमा २५ प्रतिशत, पाटर्स र टायरमा १० प्रतिशत सम्म छुट रहेको जानकारी दिए । 

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६