अर्थ-वाणिज्य

चालु आवका प्रदेशका योजना द्रुत कार्यान्वयनमा




बाँके १५ असोज। लुम्बिनी प्रदेशअन्तर्गतका विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालु आर्थिक वर्षमा समयभित्रै योजनाको काम सम्पन्न गर्ने उद्देश्यले प्रक्रिया अघि बढाएको छ ।प्रदेशअन्तर्गत सडक र पुल निर्माणको जिम्मेवारी पाएको सडक पूर्वाधार कार्यालय बाँकेका प्रमुख डिभिजनल इन्जिनियर ललितबहादुर न्यौपानेले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये करिब ५० प्रतिशत योजनाको ठेक्का टेण्डर भइसकेको जानकारी दिनुभयो ।
सडक पूर्वाधार कार्यालयअन्तर्गत बाँकेमा ७० करोड बढी बजेटका योजना रहेको कार्यालयले जनाएको छ ।यसैगरी, प्रदेशको अर्को ठुलो विकासे कार्यालयको रूपमा रहेको सहरी विकास तथा भवन कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन भएका १५ वटा योजनाको टेण्डर आह्वान गरेको छ । कार्यालयका निमित्त प्रमुख राम आशिष् दाषले एक हप्ताभित्रै थप १५ योजनाको टेण्डर आह्वान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । कार्यालयअन्तर्गत चालु आवमा दुई वटा योजना रहेका छन् ।

दसैँ अघि सम्पूर्ण योजनाको टेण्डर आह्वान गरिसक्ने तयारी दुवै कार्यालयको रहेको छ । सहरी विकास तथा भवन कार्यालयले सडक, सामुदायिक भवन निर्माणसहित बस्ती विकाससँग सम्बन्धित विकास निर्माणका काम गर्दै आएको छ ।प्रदेशअन्तर्गतका पर्यटन कार्यालय, सिँचाई, खानेपानी, सामाजिक विकास डिभिजन लगायतका कार्यालयले समेत चालु आवका योजना कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेका छन् ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६