अर्थ-वाणिज्य

कार्तिक १५वाट कृषि तथा पर्यटन महोत्सव हुने




गुल्मी १५ असोज । गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा पर्यटकीय एवं कृषि महोत्सव हुने भएको छ । दसैं र तिहारको अवसर पारेर रेसुङ्गा क्षेत्रको पर्यटन प्रवर्धन, कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।‘उद्योग, कृषि र पर्यटनमा उनिएको थुंगा, समुन्नत गुल्मीका लागि जाउँ हिँड रेसुङ्गा’ नारासहित सञ्चालन हुने महोत्सवमा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको संघका अध्यक्ष नवराज भुसालले बताए ।
महोत्सवमा रेसुङ्गा क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व, रुरु क्षेत्र, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल लगायतका विषयमा प्रचारप्रसार गरेर पर्यटकीय प्रवर्धन हुने, गुल्मीका उत्पादन हुन कफी, गुडको ब्रान्डिङ गरी बिक्री प्रवर्धनमा सहयोग पु¥याउने र पशुपालनका फाईदा र त्यसबाट लिन सकिने लाभका विषयमा युवाहरुलाई जानकारी गराएर कृषि र पशुपालनका युवा सहभागिता बढाउने पनि महोत्सवको उद्देश्य रहेको अध्यक्ष भुसालले बताए ।संघका महासचिव सुदर्शन खनालले महोत्सवमा गुल्मी जिल्लामा लगानी, सम्भावना र चुनौती विषयमा राष्ट्रिय स्तरका विषयविज्ञहरुसँग छलफल गरेर सम्भावनाको खोजी गर्ने उद्देश्य रहेको बताए ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६