माधव बेल्वासे,
कपिलवस्तु १६ असोज ।नागरिक उन्मुक्ति पाटीका संरक्षक रेसमलाल चौधरीले आफू भारतमा बसेर सांसद पदमा निर्वाचित भएको बताए । किसानको छोरा सांसदमा निर्वाचित हुँदा ठुला दलहरूले स्वीकार गर्न नसकेर जेल हालेको चौधरीले बताए । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी थारु संङघ्रालयमा मङ्गलवार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चौधरीले कमैयाको छोरा नोकर नै हुनुपर्ने धारणालाई आफूले चिरेको बताए । आफू २२ दिन अनसन बसेको बताउँदै चौधरीले सरकारले झुटो आस्वासन दिएर जुस खुवाएको बताए ।
आफू जेल जाँदा पनि दुखी भएर नगएको नेता चौधरीको भनाई छ । आफू लगायतका नेता कार्यकतालाई आजीवन जेलमा सडाउने राज्यको षडयन्त्रलाई आफूले असफल बनाएको चौधरीले जिकिर गरे । नागरिक उन्मुक्ति पाटीलाई जातीय पाटी भन्ने गरे पनि पहिचानवादीको पाटी रहेको उनले बताए ।लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले छोटो समयमै पाटीले सङ्गठनलाई विस्तार गरेको बताए । विभिन्न आरोह अवरोह पार गर्दै पाटी सबै क्षेत्र वाट अघि बढिरहेको बताउँदै देशको विकास र नागरिकहरूको अधिकारको लागि नागरिक उन्मुक्ति पाटी रहेको जिकिर गरे । त्यस्तै कार्यक्रममा प्रदेश उपाध्यक्ष राम मिलन थारु,जिल्ला अध्यक्ष भग्गु प्रसाद थारु विभिन्न पालिकाका अध्यक्षहरूले मन्तव्य दिएका थिए । सो अवसरमा जनता समाजवादी पाटीका शिवराज नगर अध्यक्ष कृष्णकुमार चौधरी,माओवादी केन्द्रका नेता करम हुसेन लगायत दर्जनौँ नेताहरू पाटी प्रवेश गरेको नागरिक उन्मुक्ति पाटी शिवराज नगर समितिका अध्यक्ष उमेश थारुले बताए ।
प्रतिक्रिया