कपिलवस्तु १६ असोज ,।कपिलवस्तुको महाराजगंज नगरपालिकामा कार्यरत कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन । स्थानिय ऐन नबाई सरकारले कर्मचारीलाई सरुवा बढुवा लगायतको सेवा सुविधामा समेत हस्तक्षेप गरिरहेकोले कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन । महाराजगंज नगरपालिकाको रोजगार संयोजक अनिल पाण्डेयको अध्यक्षतामा मंगलवार बैठक बसि नगरपालिकाको असिष्टेण्ट सब इन्जिनियर सुरेन्द्र कुमार चौधरीको संयोजकत्त्वमा १५ सदस्यीय संघर्ष समिति गठन भएको छ ।
उक्त बैठकले संघर्षको लागि आवश्यक आर्थिक व्यवस्थापनको लागि प्रत्येक स्थायी कर्मचारीबाट १ हजार र अस्थायी, करार सेवाको कर्मचारीहरुबाट रु ५ सयका दरले रकम संकलन गर्ने निर्णय गरेको छ । साथै स्थानीय तह कर्मचारीको काठमाण्डौ केन्द्रित आन्दोलन सहभागिता जनाउन महाराजगंज नगरपालिकाबाट असिष्टेण्ट सब इन्जिनियर सुरेन्द्र कुमार चौधरी तथा सब– इन्जिनियर बिरेन्द्र खनाललाई चयन गरेका छ । महाराजगंज नगरपालिकामा कार्यरत कर्मचारीहरुले असोज १६ गते देखि १८ गते सम्म कार्यालय अबधीभर बिरोध स्वरुप हातमा कालो पट्टि बाधी काम सुचारु गर्नछन । असोज १९ गते अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरी अनिश्चितकालिन पेन डाउन गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।
१६ आश्विन २०८०, मंगलबार
प्रतिक्रिया