प्रदेश

अनिश्चितकालीन कर्फ्युका कारण भारतबाट फर्किने नेपाली नाकामा अलपत्र



नेपालगञ्ज, १७ असोज ।

नेपालगञ्जमा प्रशासनले जारी गरेको अनिश्चितकालीन कर्फ्युका कारण भारतबाट फर्किने नेपालीहरुलाई सास्ती भएको छ । रोजगारीका लागि भारतको दिल्ली गएका जाजरकोटका तिलक बहादुर बुढा विहान ४ बजे जमुनाहा नाकामा आईपुगेको बताए । विहान ९ बजे जमुनाहा नाकामा भेटिएका उनले भने –‘नेपालगञ्ज बन्द छ भन्ने जानकारी भएन म सँगै ६ जना जाजरकोटका साथीहरु ४ बजेदेखि यतै रोकिएका छौं ।’ उनी जस्तै दैलेखका सुक बहादुर नेपालीका परिवार पनि नाकामै अलपत्र परेको भेटिए । गत बर्ष तिहार मानेर श्रीमती र साना ३ छोराछोरी सहित रोजगारीका लागि भारत गएका नेपाली दशैं मनाउन नेपाल फर्किएको र विहान ५ बजेदेखि नाकामा रोकिएको बताए ।

भारतबाट नेपाल आउने ठूलो संख्यामा नेपालीहरुलाई भारतीय सिमा प्रहरी बल एसएसबीले रुपैडिहामै रोकेको छ भने करिब १३ सय नेपालीहरु जमुनाहा नाकामा प्रवेश गरिसकेको प्रहरीले जनाएको छ । नाकामा प्रवेश गरेकाहरुलाई विहान ९ बजेदेखि यात्रुबाहक बसको ब्यवस्था गरेर गन्तब्यमा पठाउनको लागि सहजीकरण गरिरहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक मिन बहादुर बिष्टले बताए ।

उनले भने –‘नाकामा अलपत्र परेका नेपाललीहरुलाई निषेधित क्षेत्र राँझा चोक सम्म पार गराउनको लागि सहजीकरण गरिरहेका छौं ।’ जमुनाहा नाकामा प्रवेश गरेका १३ सय भन्दा बढी नेपाली भरततर्फ नै रोकिएको प्रहरी ईन्चार्ज बिष्टले बताए । चाडबाड नजिकिँदै गर्दा रोजगारीको लागि भारत जानेहरु भन्दा नेपाल फर्किनेको संख्या केही दिनदेखि बढिरहेको ईन्चार्ज विष्टले बताए ।

दुई समुदायबिच भएको साम्प्रदायिक दङ्गालाई मध्यनजर राख्दै बाँके प्रशासनले मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । कफ्र्यु हटाउने बारे अहिले सम्म गृह मन्त्रालयबाट कुनै आदेश नआएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । ‘कर्फ्यु अनिश्चितकालीन नै छ, हिजोको घटनाबारे हामी दुबै पक्षसँग बसेर समीक्षाकै क्रममा छौं,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६