प्रदेश

बाणगंगामा एकै घरका दुई बहिनीलाई सर्पले डस्यो, एकको मृत्यु, अर्कीको अवस्था गम्भिर



कपिलवस्तु, असोज १७ । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनी (बालिका) लाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो ।

मंगलबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बताइएको छ । सर्पले डसेको थाहा पाएलगत्तै बिहान ४ बजे गोरुसिँगे स्थित सर्पदशं उपचार केन्द्रमा लगिएकामा थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उपचारका क्रममा ३ वर्षीय बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा।नेत्र बहादुर रानाले जानकारी दिनुभयो ।

उहाँले ‘उपचारकै क्रममा दुई दिदीबहिनी मध्ये एकको मृत्यु भएको छ, एक जनाको अवस्था पनि गम्भिर छ । हामी उपचार गर्दै छौँ ।’ आठ वर्षीय इशिकाको भेण्टीलेटरमा राखेर उपचार भइरहेको डा। रानाले बताउनुभयो । उनको पनि अवस्था गम्भिर रहेको छ ।

घरमा सुतिरहेका बेला राति करिब १२ बजेको समयमा उनीहरुलाई सर्पले डसेको अनुमान गरिएको स्थानीयले बताएका छन् । झुल लगाएर सुतेका एकै घरका दुई बहिनीलाई सर्पले डसेको हो ।

परिवारले ३ वर्षिय रितिकालाई सर्पले टोकेको आशंका गरि सर्पदशं अस्पताल गोरुसिँगेमा पुर्याएकामा उनलाई थप उपचारका लागि बुटवल रेफर गरिएको सर्पदशं अस्पतलाका डा। नबिन भण्डारीले बताउनुभयो । त्यस पश्चाल तीन वर्षीय बालिकालाई पनि आशंका मानि उपचारका लागि सँगै अस्पताल लगिएको बताइएको छ । एक जनाको कान र एकजनाको हातमा सर्पले डसेको बताइएको छ ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६