प्रदेश

कपिलवस्तुमा १० हजार ब्रोइलरका चल्ला नष्ट



कपिलवस्तु, १७ असोज। कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट चोरी पैठारी भएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।

तस्करले भारतबाट निकासी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवैध चल्ला नष्ट गरिएको कृष्णनगरका इलाका प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भयो ।

बरामद गरिएको कुखुराका चल्लाको अन्दाजी मूल्य सात लाख ५० हजार रहेको बताइएको छ । मङ्गलबार बिहान तस्करी गरेको अवस्थामा प्रहरी गस्ती टोलीले फेला पारेपछि तस्करले चल्ला छाडेर भारत तर्फ भागेका थिए । बरामद गरिएको चल्ला खाडलमा पुरेर नष्ट गरिएको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६