बुटवल असोज १७। त्रिशुली नदिमा हाम फालेर आत्महत्या गरेको भनिएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुख निराजन देवकोटा बैंकका कार्यकारी अधिकृृतले आत्महत्याका लागि बाध्य बनाएको पिडित परिवारले आरोप लगाएका छन्।काठमाण्डौबाट हेटौडा फर्किने क्रममा सोमबार सांझ करिव ६ बजे आसपास धादिङको गजुरी गांउपालिका वडा नं ५ घाटबेसीमा रहेको त्रिशूली नदीको नया पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका देवकोटाको शव अझै भेटिएको छैन्।
इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुनुअघि मेगा बैंकको हेटौडा साखामै कार्यरत रहेका देवकोटा ति दुई बैंक मर्ज भएपछि पनि सोही साखामा कार्यरत थिए। बैंक मर्ज हुनुअघि तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा निराजनलाई पटक पटक टर्चर दिईइको देवकोटाको पारिवारीक श्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले देवकोटाको गोतखोरको प्रयोग गरेर खोजी भैरहेको बताउदै नदीमा बाढी आईरहेका कारण अहिलेसम्म शव भेटाउन नसकिएको बताए।
एमालेका सांसद बिष्णु पन्थीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अनावश्यक टर्चर दिएका कारण देवकोटाले आत्महत्या गरेको उल्लेख गरेका छन्।पन्थीले सामाजिक सन्जाल फेसबुक मार्फत बैंकका कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहकहरुलाई समेत अन्याय अत्याचार गर्ने गरेको उल्लेख गर्दै बैंकका कर्मचारीहरुलाई समेत पिडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्।साथै पन्थीले उक्त घटनालाई सामन्य हिसावले नलिन आग्रह गर्दै पाण्डेमाथी सजाय हुंनुपर्ने र प्रहरीले ठुलो घरको माछो भनेर छोडन नहुने बताएका छन्। (
प्रतिक्रिया