तुलसीपुर १८ असोज। लुम्बिनी प्रदेश सरकारले दुई लाखलाई गाउँमै स्वरोजगार बनाउन मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सुरु गरेको छ । स्वरोजगार बनाउन प्रत्येक जिल्लामा स्थानीय तहसँग स्वरोजगार तुल्याउनका लागि समावेश गर्ने कार्यक्रमका विषयमा परामर्श सुरु गरिएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्रीका अर्थविज्ञ सुशान्त वैदिकले युवा जनशक्ति विदेश पलायनलाई रोक्न मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
उहाँले प्रत्येक पालिकामा पुगेर त्यहाँ सञ्चालन गर्न सकिने नयाँ उद्यमका सम्भावना र सञ्चालन गर्दैआएका उद्यमबाट थप उत्पादनका कार्यक्रम अघि बढाइने बताउनुभयो ।आर्थिक वर्ष २०८०–८१ को बजेटमा दुई लाखलाई प्रत्यक्ष स्वरोजगार तुल्याउनका लागि एक अर्ब बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । २०५६ सालदेखि मनकामना माहुरी फर्ममार्फत माहुरी पालन व्यवसाय गर्दैआएका तुलसीपुर –१ का दामोदर बस्यालले उत्पादन गरेको मह प्रशोधन, बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम समावेश गर्न पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया