ब्रेकिंग न्युज

एमाले बाणगंगाको भोली देखि १ महिने जनतासंग जनप्रतिनिधी अभियान शुरु हुने




पार्वती पाण्डे
कपिलवस्तु १९ असोज ।नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको निर्णय अनुसार नेकपा एमाले बाणगंगा नगर कमिटीले यहि असोज २० देखि कार्तिक २० सम्म एक महिने जनतासंग जनप्रतिनिधी विषयक जनभेटघाट छलफल तथा गुनासा ,सुझाव सल्लाह ग्रहरण गर्ने कार्यक्रम संचालन गर्ने भएको छ। यसलाई नगर भित्र संचालन गर्ने क्रममा असोज २० गते बाणगंगा वडा नं ७ वाट शुभारम्भ गर्ने कार्यक्रम रहेको नगर सचिव एवम जडाध्यक्ष विष्णु गिरीले वताउनु भयो ।हरेक टोलवस्तीमा जनप्रतिनिधी पुग्ने र जनताका कुरा सुन्ने जनतासंग जनप्रतिनिधी विषयक यो अभियानमा राष्टिय सभा सदस्य श्री विमला घिमिरे ,प्रतिनिधी सभा १ का श्री सांसद बलराम अधिकारी ,प्रदेश १.१का सांसद श्री विष्णु पन्थी ,जसस प्रमुख श्री वावुराम आचार्य ,बाणगंगाका मेयर श्री चक्रपाणी अर्याल ,उपमेयर श्री रीता कुमारी चौधरी ,वडाध्यक्षहरु र वडा सदस्यहरु जनताका टोलवस्तीमा गुनासा सुन्न सुझाव लिन र भएका काम वताउन परिचालित हने जिल्ला अध्यक्ष डम्मर शर्माले औल्याउनु भयो ।
जस अनुसार वडा नं ७ मा २० गते ९ मा २२ गते १० मा २४ गते र ११ मा २६ असोजमा कार्यक्र हुनेछ । यस्तै वडा नं ६ मा २८ गते ५ मा ३० गते यो अभियान पुग्नेछ । यसपछि स्थगित भएको अभियान दशैपछि १० कार्तिकवाट शुरु हुने प्रदेश क्षेत्र १.१ का संयोजक भेषराज पाण्डेले जानकारी दिनु भयो । जस अनुसार वडा नं कार्तिक १० ,वडा नं २ मा १२ गते ,वडा नं ४ मा १४ गते अभियान संचालन हुनेछ । जनप्रतिनिधीले सेवा प्रवाह गर्ने कामलाई मध्येनजर राखेर एक दिन विराएर कार्यक्रम हुनेछ । यो कार्यक्रम विहान ७ वजेवाट शुरु भई साझ ५ वजे सम्म कायम हुने बाणगंगाका मेयर चक्रपाणी अर्यालले वताउनु भयो ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६