अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सरकारको नयाँ काम: नोबेल पुरस्कार विजेताहरुको लुम्विनीमा सम्मेलन




भैरहवा १९ असोज । लुम्बिनी प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको सम्मेलन गर्ने भएको छ । लुम्बिनीलाई विश्वमा चिनाउन ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्न थालिएको हो । बिहिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले फागुन महिनामा लुम्बिनीमा सम्मेलन आयोजना गर्ने, जसका लागि नेपाल सरकार संग समन्वय गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो । सम्मेलनमा नोवेल पुरस्कार विजेताहरुका साथै शक्ति राष्ट्रका राजकुमार, पूर्व प्रमुखहरुलाई सहभागी गराउने तयारी छ ।यो सम्मेलनबाट प्रदेशको पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा ६ करोड ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनोताहरुको सहभागीतामा अन्तराष्ट्रिय स्तरको उक्त कार्यक्रम गर्न बजेटको समेत व्यवस्थापन गरिएको हो ।लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लोरेट एण्ड लिडर कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा कार्यक्रम गरिने नीति कार्यक्रममा समावेश गरिएको थियो । लुम्बिनीमा अन्तराष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापना गरिने उल्लेख थियो । नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारो लिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले करार कर्मचारीको व्यवस्थापन गर्न बनेको कार्यविधि २०८० लाई पारित गरेको छ ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६