खेलकुद

दोस्रो मोतिपुर फुलबारी कपको उद्घाटन, वेलफेयरको बिजयी सुरुवात



कपिलवस्तु, २१ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा आज शनिबार देखि दोस्रो मोतिपुर फुलबारीकप फुटलब २०८० सुरु भएको छ । मोतिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले खेल र खेलाडीले राष्ट्र चिनाउने काम गरिरहेकाले यहाँको यो प्रतियोगिताले पनि केही नयाँ सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले खेललाई अनुशासित र सम्यम भएर खेलाडीहरुले प्रर्दशन गर्ने विश्वास व्यक्त गर्दै उहाँले यहाँका युवा खेलाडिहरुको प्रतिभा राष्ट्रिय स्तरमा पुग्ने र त्यसका लागि अनुशासित खेल आवश्यक रहेको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले खेल्ले नागरिकलाई मनोरञ्जन सँगै तन्दुरुस्ति पनि प्रदान गर्ने भएकाले खेल्लाई सम्यमताका साथ प्रयोग गर्नुपर्ने बताउनुभयो । यहाँका खेलाडीको स्तर बृद्धि र क्षमता विकासमा सबैको सहयोग आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष धुव्र बेल्वासे, फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी लगाएतको आतिथ्यता रहेको थियो ।
मोतिपुर प्रगतीशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा अयोजित कार्यक्रम संचारकर्मी राजेन्द्र खनालको संचालनमा सम्पन्न भएको हो ।

यसैबिच दोस्रो फुलबारी कप फुटबलको उद्घाटन खेलामा बाणगंगा वेलफेर एण्ड स्पोर्ट क्लव बिजयी भएको छ । आयोजक मोतिपुर प्रगतिशिल युवा क्लवसँगको खेलमा निर्धारित ९० मिनेटमा १–१ को बराबरी पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा वेलफेयरले मोतिपुर बिरुद्ध ४–२ को गोलसहित बिजयी भएको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६