अन्तर्राष्ट्रिय

इजरायलको हमास आक्रमणमा घाइते भएका दाङका प्रवीणसँग भयो परिवारको कुरा




काठमाण्डौं, २१ असोज ।

युद्धरत मुलुक इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका- ३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगीले परिवारसँग कुराकानी गरेका छन् ।

उनका बुवा निमबहादुर डाँगीले छोरासँग आइतबार दिउँसो २ बजेपछि छोटो कुरा गर्न पाएको बताए। ‘छोरासँग मैले भर्खरै फोन कुरा गरें,’ उनले भने, ‘बाबुले नर्सको मोबाइलबाट फोन गरेको थियो।’

प्रवीण आफ्नो एउटा खुट्टा घुँडा मुनिबाट छिनालिएको र अर्को खुट्टामा गोली लागेको कुरा गर्नासाथ नर्सले फोन खोसेको बुवा निमबहादुरले बताए।

‘सम्पर्कविहीन रहेको छोरा बितेको १४ घन्टापछि सम्पर्कमा आएका छन्,’ निमबहादुरले भने, ‘गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेको भन्ने कुरा सुन्दा सम्हालिन मुस्किल परिरहेको छ।’

उनले छोराको उपचार र सुरक्षाको लागि नेपाल सरकार गम्भीर रूपमा लाग्ने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार इजरायलस्थित नेपाली दूतावासले पनि प्रवीणसँग सम्पर्क गरेको छ। प्रवीणको सोरोका मेडिकल सेन्टरमा उपचार भइरहेको छ। शनिबार दिउँसोदेखि परिवारले प्रवीणसँग सम्पर्क गर्न सकेका थिएनन्।

प्रवीणसँगै इजरायल गएका दाङको तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीका समर्पण आचार्यले प्रवीणको अस्पतालमा उपचार भइरहेको कुरा यसअघि सेतोपाटीलाई जानकारी दिएका थिए।

‘मैले प्रवीणलाई फोन गर्दा नर्सले फोन उठाएकी थिइन्,’ उनले भनेका थिए, ‘नर्सले अंग्रेजी नबुझ्ने हुँदा प्रवीणलाई कहाँ कति चोट लागेको छ भन्ने कुरा बुझ्न सकिएन।’

समर्पणले आफू भने अहिलेसम्म सुरक्षित रहेको र आफू बस्ने ठाउँ पनि सुरक्षित रहेको जानकारी दिए।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६