अर्थ-वाणिज्य

नयाँ क्रसर उद्योग स्थापनाकालागि खुल्यो लाइसेन्स




कपिलवस्तु २१ असोज । सरकारले क्रसर उद्योगको लाइसेन्स खुलाएको छ। नयाँ मापदण्ड तयारगरी आइतबार नयाँ लाइसेन्सका लागि आह्वान गरिएको हो। उद्योग विभागले भर्खरै क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड तयार गरेको थियो। यसमै आधारित भएर नयाँ लाइसेन्स खुला गरेको हो। एक सूचना जारी गर्दै मापदण्ड बमोजिम लाइसेन्सको लागि निवेदन दिन अग्राह भएको छ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्देश्यले पहिले नै निवेदन दिएर र नयाँ उद्योग अनुमति को लागि मापदण्ड अनुसार उद्योग रहने स्थानको टोपोसिट तथा कित्ता नापी नक्सा समेत पेश गर्न सूचना जारी गरिएको छ।’विभागका अनुसार दर्ता प्रक्रियाका लागि पनि नयाँ मापदण्ड आवश्यक परेकोले गत वर्षदेखि त्यसमा गृहकार्य भइरहेको थियो। उक्त गृहकार्यअनुसार अहिले मापदण्ड कार्यन्वयनमा आएको हो। ‘क्रसर उद्योगको अनुमति ,दर्ता तथा नियमन सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८०’ नाम रहेको मापदण्डले पेस गर्नुपर्ने कागजत र लिनुपर्ने अनुमतिहरूबारे तोकिएको छ।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६