अर्थ-वाणिज्य

पालिकाद्वारा सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन




रुपन्देही २३ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शंकरपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो सञ्चालनमा ल्याएको हो ।तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाण र उपमेयर जागेश्वदेवी चौधरीले महिला चालक इन्द्रकला श्रेष्ठलाई साँचो हस्तान्तरण गरेर निःशुल्क अटोरिक्साको शुभारम्भ गरेका छन् ।मेयर खाणले भौतिक र मानवीय विकासमात्रै नभई नगरवासीलाई सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताए ।नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटोरिक्सा सञ्चालन गरिएको नपाले जनाएको ।

नपाले निःशुल्क अटोरिक्साको चालकमा महिला छन् ।तत्काललाई एउटामात्रै अटोरिक्सा सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार बढाउँदै लगिने मेयर खाणले बताए ।नगरपालिकाकी उपमेयर चौधरीले कार्यालयमा जान आउन सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो सञ्चालनमा ल्याइएको बताइन् ।प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीहरुको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुनैपर्ने र सो कुरा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क अटोले पुष्टि गर्ने बताए ।अटोरिक्सा सीट फुल वा १५ मिनेटमध्ये जुन पहिला हुन्छ, सोहीअनुसार सञ्चालन हुने उनले बताए ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६