कैलाली २४ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नेताहरूले सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास गरिरहेका छन् । अध्यक्षमा चार उम्मेदवारमध्ये एक जनालाई अध्यक्ष बनाउने र अन्यलाई अन्य कमिटीमा व्यवस्थापन गर्ने गरी नेताहरूले खाका बनाएका छन् ।स्रोतका अनुसार अध्यक्षमा अछाममा कृष्ण प्रसाद जैशी र सचीवमा रणबहादुर चन्दलाई सर्वसम्मत बनाउने गरि प्रारम्भिक खाका तयार भएको छ । जैशी र चन्द फरक टिमबाट चुनाबमा होकिने तयारीमा थिए । जौशीलाई स्थायी कमिटी सदस्य कर्ण थापाको समर्थन रहेको छ भने चन्दलाई प्रदेश अध्यक्ष दामोदर भण्डारीको समर्थन रहेको छ ।अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ । सचीवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बम ले उम्मेदवारी दिएका थिए ।
बमले फिर्ता लिइसकेका छन् ।सहमतिको लागि बिभिन्न उम्मेदवार माथी सर्वसम्मतको प्रयास गरिएको एमाले स्रोतको भनाइ छ । उपाध्यक्षमा कालिबहादुर शाहीको नामा सहमतिको प्रयास भइरहेको छ ।उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रण बहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्र बहादुर शाहीको उम्मेदवारी दिएका थिए । अहिले उप सचिवमा अहिले छलफल भइरहेको छ । उपसचिव महिला तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहत राजले उम्मेदवारी दिएका छन् ।उपसचिव खुल्ला तर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन् । उम्मेदवारी दिएका विचमा र नया उम्मेदवारलाई पनि ल्याएर सहमतको प्रयास भइरहेको छ ।








प्रतिक्रिया