कपिलवस्तु, २४ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भन्ने बित्तिकै हामी सहजै रुपमा प्रवासी भुमिमा रहेका सम्पुर्ण नेपालीहरुको साझा सस्था हो भन्ने बुझ्छौ ।
हो सोही सस्थाको ११औं महाधिवेशन तथा बिश्व सम्मेलन आगामी अक्टोबर १७ – २० सम्म नेपालको राजधानी काठमाडौमा गरिने तालिका रहेको छ भने सो महाधिवेशन पश्चात बन्ने नयाँ कार्यसमितिको लागि विभिन्न पद र जिम्मेवारीको लागि आफू सक्षम छु भन्दै लामो प्रतिबद्धताहरु सहित उम्मेदवारी दिनेहरुको लाइन नै लागेको छ ।
त्यही लाइनमा बिगत २ दशकदेखि कतारलाई आफ्नो कर्मथलो बनाएर ब्यबसाय गर्दै आएका र १४ वर्षदेखि संघले गैरआवासीय नेपालीहरुको हकहितको लागी चलाएको अभियानमा सक्रिय भइ विभिन्न नेतृत्वदायी भुमिका निर्वाह गरिरहेका एउटा कुशल र सफल लिडर मोहम्मद मुक्तदा मुसलमानले पनि आफ्नो ६ बुँदे प्रतिबद्धता सहित गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको लागि सह कोषाध्यक्ष पदको लागी उम्मेदवारी घोषणा गरेका छ्न ।
मुक्तदाले आफ्नो फेसबुक वालमा आफ्नो कुरा र प्रतिबद्धता यसरी लेखेका छन ।।
म आफैं पनि बिगत १४ बर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु । विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य, सचिबालय सदस्य, सल्लाहकार हुँदै २ कार्यकाल अध्यक्षको गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको छु। संघप्रतिको मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र थप केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन् २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एंवम् गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दछु ।
सह-कोषाध्यक्ष पदमा उम्मेदवार घोषणा गरिरहँदा मेरा केही प्रतिवद्दता र प्रयासहरु निम्न बमोजिम रहने छन् :-
- सबल र सफल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र प्रयास रहनेछ ।
- संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेरो प्रयत्न रहनेछ ।
- आइसिसी र एनसिसीको कोषको सबलीकरणका लागि आइसिसीका कोषाध्यक्ष र सह-कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह-कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु ।
- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्नेछु । यसैगरी परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्नेछु ।
- विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्तालाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न मेरो पहल रहनेछ ।
- “नेपालीका लागि नेपाली” भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु धन्यवाद !
प्रतिक्रिया