बुटवल २४ असोज । प्रदेशहरुको दोस्रो आवधिक योजना निर्माण र प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकामा छल फल गर्न सातै प्रदेश योजना आयोगका उपाध्यक्षहरु लुम्बिनीमा भेला हुने भएका छन् ।लुम्बिनी प्रदेश योजना आयोगको आयोजना एवं समन्वयमा रूपन्देहीको लुम्बिनीमा बिहीबारदेखि २ दिने भेला हुन लागेको हो । भेलामा कोशीबाहेक सबै प्रदेशका योजना आयोगको उपाध्यक्ष, सातै प्रदेशका पूर्वमुख्यमन्त्रीहरु र लुम्बिनी प्रदेशका वर्तमान मुख्यमन्त्रीको सहभागी रहने छन् ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले बुधबारसम्ममा कोशीबाहेक ६ प्रदेशका योजना आयोगका उपाध्यक्ष हरु, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति रहने बताए
शुक्रबारसम्म चल्ने भेलामा सबै प्रदेशहरुको दोस्रो आवधिक योजनाबारे छलफल, संघीयता कार्यान्वयनमा प्रदेश योजना आयोग हरुको अहिले सम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नु पर्ने भूमिकाको विषयमा गहन छलफल हुनेछ । अन्य प्रदेशका अहिलेसम्मका अभ्यास र उठेका विषयबस्तु माथि पनि छलफल गरेर प्रदेश हरुको विकासको योजना तयार हुने उनले बताए ।लुम्बिनी प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख पोषणराज भण्डारीले संघ, प्रदेश र स्थानीय तहको समन्वयको विषय पनि भेलामा छलफल हुने बताए । भेलाको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया