प्रदेश

बसको ठक्करबाट बाणगंगाका एक युवकको ज्यान गयो



दाङ, २५ असोृज । दाङको भालुवाङमा आज बिहान बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । बसको ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएको हो ।

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको ना ७ ख ५९७१ नम्बरको बसले बाटो पार गर्ने क्रममा खनाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका खनालको उपचारका क्रममा भालुवाङ अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनु भयो । ठक्कर दिने बसका चालकलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६