अर्थ-वाणिज्य

अव सहकारी ऋण र बचत चलाउने होइन उत्पादन सहकारी चलाऔं : मन्त्री शर्मा




प्युठान २५ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ प्युठानले आयोजना गरेको सहकारीको प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक वृहत् अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै उहाँले अहिले अधिकांश सहकारीहरू ऋण बचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई राकेर सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको हो ।स्थानीयस्तरमा क्रियाशील सहकारीहरू कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा स्थानीय श्रम, सीप र साधनमा आधारित कृषि सहकारी संस्थाहरूको सक्रियताबाट उत्पादन र वितरण सुदृढ गरी खाद्य सुरक्षा पनि सुनिश्चित गर्न सकिने बताउनुभयो ।

प्युठानजस्तो भौगोलिक अवस्थिति भएको जिल्लामा कृषि सहकारीहरूलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवम् वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरूले बनाउनु उपयुक्त हुने उहाँको सुझाव थियो ।राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले देशभर सञ्चालित ३२ हजारमध्ये २३ हजार सहकारी स्थानीय तहकै मातहत रहेकाले सहकारीको प्रवर्द्धनमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । देशभरका सहकारकर्मीमध्ये ५६ प्रतिशत महिला रहेको औँल्याउनुहुँदै उहाँले यो समावेशिताको अभ्यास गर्ने महत्त्वपूर्ण थलो भएको र अब समाजवाद निर्माणको आधार बनाउन सकिने बताउनुभयो । जिल्ला सहकारी सङ्घका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६