अर्थ-वाणिज्य

जिल्ला स्तरीय खुल्ला भजन प्रतियोगिता हुने




कपिलवस्तु २५ असोज । लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजना यही कार्तिक १ गते लक्ष्मणघाट बोलबमधाममा जिल्ला स्तरीय खुल्ला भजन प्रतियोगिताको आयोजना हुने भएको छ । नवदुर्गाको अवसर पारेर सो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सो कार्यक्रमलाई सफल पार्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षमा १५ सदस्सिय मुल आयोजक समिति गठन गरिएको छ । भजन चुड्काको संरक्षण र प्रवद्र्धन गर्ने साथ साथै बाणगंगा नगरपालिकाको महत्वपुर्ण धार्मिक पर्यटकिय स्थल लक्ष्मणघाटको प्रचार प्रसारको उद्देश्यले आयोजना गर्न लागिएको अध्यक्ष अधिकारीको भनाई छ । यस्तै कार्यक्रमका लागि बिभिन्न बिषयगत समिति समेत गठन गरिएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक अन्जित खनालले बताउनु भयो । प्रतियोगितामा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण लेकाली, सचिव नारायण भुसाल, नविन पौडेल,बिष्णु कंडेल लगायतको प्रस्तुती रहनेछ ।
प्रतियोगितामा प्रथम,द्धिर्तिय,तृतिय र सान्त्वना हुने समुहलाई नगद तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ । सोही दिन राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेशको पुर्ण बैठक बस्ने भएकाले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका भजनका अगुवाहरुको सहभागिता रहने प्रतिष्ठान प्रदेश अध्यक्ष काशिराम पोख्रेलले बताउनु भएको छ । सो कार्यक्रममा तेत्तिस कोटी देवता मध्ये जुन सुकैको बिषयमा भजन र झाँकी प्रस्तुत गर्न पाइनेछ । कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा संघिय सांसद बलराम अधिकारी गर्ने कार्यक्रम रहेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम सह संयोजक दिनेश थारुले बताए । कार्यक्रम मा बिभिन्न जिल्लाबाट आउने अतिथिका लागी खाद्यान्न व्यवस्थापन लक्ष्मणघाट बोलबमधामले गर्ने संस्थाका संस्थापक अध्यक्ष तथा लक्ष्मणघाट बोलबमधामका अध्यक्ष रन बहादुर काउचाले बताए ।

सो प्रतियोगिताको सह आयोजकका रुपमा लक्ष्मणघाट बोलबमधाम विकास समिति, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, कपिलवस्तु र लुम्बिनी प्रदेश तथा लुम्बिनी दर्पण मिडिया प्रा.लि. रहेको छ भने अन्य सहयोगी संस्थाका रुपमा रहेका छन् ।स्थापना काल देखी नै बिभिन्न किसिमका रचनात्मक र सृजनात्मक काम गर्दे आएको सो संस्थाले लक्ष्मणघाट लक्ष्मणघाट बोलबमधाममा २ कोटे युरिनल सहितको शौचालय निर्माण गरेको छ । साथै कार्तिक पुर्णिमाको अवसर पारेर ३ दिने मेला संचालन, कोभिड महामारीका बेला सचेतनामुलक ¥याली,पोषण सामाग्री सहयोग,मृगौला पिडितका लागी सहयोग रकम हस्तान्तरण, सरसफाई कार्यक्रम, हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै आइरहेको सदस्य मदन शर्माले बताए ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६