अन्तर्राष्ट्रिय

राष्ट्रिय अनुसनधान विभागका अधिकृत आफै नक्कली : कहिले होला कारवाही ?




प्यूठान २५ असोज ।राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय प्यूठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।बुढाथोकीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टर मिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ । उनले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा जागिर शुरु गरेर पछि वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको अख्तियारले जनाएको छ ।बुढाथोकीविरुद्ध आज बिहीवार विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६