अन्तर्राष्ट्रिय

बिचौलियाको चलखेल भएको विमानस्थलको जग्गाको छानबिन सुरु




रुपन्देही, २५ असोज। रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना सार्वजनिक भएपछि यसबारे छानबिन सुरु भएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमान स्थल सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनले हक भोगमा ३० बिघा १४ कट्ठा १४ धुर जमिन रहेकोमा हदबन्दीका कारण २०२२ पुस २० मा हदबन्दीभन्दा धेरै जमिन मन्दिरका नाममा दिनु भएको थियो । निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो ।
मालपोत कार्यालयले रुपन्देहीले भुजौली ९(ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरिएको थियो ।

ती जग्गा विभिन्न व्यक्तिको नाममा बिक्री भएको थियो । मालपोत कार्यालय रुपन्देहीले सात कित्तामा रहेको चार बिघा १७ कट्ठा छ धुर जमिन २०८० साल वैशाख ८ मा दर्ता गरिदिएको हो ।घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले पनि छानबिन सुरु गरेको छ । सो कार्यालयका सूचना अधिकारी एवं उपसचिव भेषराज रिजालले अख्तियारमा उजुरी परेकाले सरोकारवालसँग कागजपत्र मगाउने र अध्ययन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि मुआब्जा समिति संयोजकको हैसियतमा आफूले जग्गाको रकम दिन रोकेको र मालपोत कार्यालय प्रमुखसँग स्पष्टीकरण सोधेको बताउनुभयो ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६