अर्थ-वाणिज्य

सरकारले जनतावाट सहानुभूति होइन आक्रोस मात्रै खेपेको छ : मन्त्री शर्मा




दाङ २७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनतावाट सहानुभूति होइन आक्रोस मात्रै खेपेको वताउनु भएको छ । उहाले सरकार सुशासन संस्कृति स्थापित गर्ने अभियानमा केन्द्रित रहेको दावि गर्नु भयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले सरकार गठन हुँदादेखि नै सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका –१६ ले आयोजना गरेको कार्यक्रममा उहाँले सत्तामा रहँदा जुनसुकै कर्म गरे पनि कानुनभन्दा माथि रहन्छ भन्ने संस्कृतिलाई वर्तमान सरकारले भत्काएर कानुन सबैका लागि समान छ भन्ने मान्यता स्थापित गरेको बताउनुभयो ।
मन्त्री शर्माले जिल्लाको विकास सन्दर्भमा चार लेन सडकखण्ड विगतमा कतै दुई लेन त कतै चार लेन भएको अवस्थामा त्यसलाई लमही–घोराही सडक खण्ड र तुलसीपुर घोराही सडक खण्ड पुनः चार लेन सडक खण्डको विस्तृत विवरण प्रतिवेदन तयार पारेर ठेक्काको तयारीमा रहेको बताउनुभयो । उहाँले भारतीय एक्जिम बैकसँग भएको चार लेन सडक खण्डको सम्झौता तोडेर चार लेन सडक खण्डको नयाँ ठेक्का प्रक्रिया अघि बढाउन थालिएको जानकारी दिनुभयो । उहाँले मर्मतअन्तर्गत तुलसीपुरदेखि हापुर खोलासम्मको काम अन्तिम चरणमा रहेको बताउनुभयो । यस्तै सञ्चारमन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भई ठेक्का प्रक्रियामा अघिबढेको बताउनुभयो ।

प्रकाशित : २७ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६